News सुर्यविनायक सेभेन ए साईड कपको रोमाञ्चक जारी
गोलनेपाल

काठमाडौं । सुर्यविनायक सेभेन ए साईड अन्तर वार्ड कप फुटबल प्रतियोगिताको रोमाञ्च बिहीबारदेखि जारी छ । मन्थली ग्राउण्डमा शुरु प्रतियोगिताको पहिलो दिन ६ खेलहरु सम्पन्न भए ।

जसअन्तरगत पहिलो खेलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ११ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गर्यो । त्यस्तै वार्ड नम्बर ४ ले वार्ड नम्बर ३ लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

त्यसैगरी वार्ड नम्बर ८ र वार्ड नम्बर ७ ले ३–३ गोलको रोमाञ्चक बराबरी खेले । त्यस्तै अर्को खेलमा वार्ड नम्बर ११ ले वार्ड नम्बर १० लाई शून्यका विरुद्ध १ गोलले हराउँदा वार्ड नम्बर ९ ले वार्ड नम्बर ८ माथि ३–१ को जित निकाल्यो । त्यसैगरि पहिलो दिनको अन्तिम खेलमा वार्ड नम्बर ४ र वार्ड नम्बर १ ले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

मन्थली युथ क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित एउटा खसी र नगद ५० हजार हात पार्नेछ भने उपविजेताले एउटा टर्की र २५ हजार नगद हात पार्नेछ । त्यसैगरी तेस्रो हुने टोलीले एउटा भाले र १० हजार नगद प्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments