
काठमाडौं (एजेन्सी) । फिफा विश्वकपको एसियाली छनौटतर्फ तेस्रो चरणको खेलहरु जारी रहेका बेला अर्को एसियन पावर हाउस जापानले समूह चरणतर्फ तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।
समूह बी तर्फ बिहीबार जेद्दाहमा सम्पन्न खेलमा जापानले घरेलु टोली साउदी अरबसँग ०–१ को झिनो अन्तरको हार बेहोर्यो । साउदीको जितमा फिराज अल बुरैकनले ७१औं मिनटमा एक मात्र निर्णायक गोल गरे ।
समूह बी मा ३ खेलबाट ९ अंक जोडेको साउदी दोस्रो स्थानमा छ । बिहीबार नै दोहामा सम्पन्न खेलमा ओमानलाई ३–१ ले हराएको अष्ट्रेलियाको पनि समान ९ अंक छ । र राम्रो गोलभिन्नताका आधारमा शिर्ष स्थानमा छ ।
साउदीसँग पराजित भएको जापान ३ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै समान ३–३ अंक जोडेका ओमान र चीन पनि क्रमशः चौथो र पाँचौं स्थानमा छ । स्मरण रहोस, समूह बीतर्फ बिहीबार नै भएको अर्को खेलमा चीनले भियतनामलाई ३–२ ले हराएर पहिलो जित दर्ता गरेको थियो । जितविहीन भियतनाम भने अंकविहीन रुपमा पुछारमा छ ।
#AsianQualifiers Matchday Three is done & dusted!
— #AsianCup2023 (@afcasiancup) October 7, 2021
🇦🇺 Australia set a new world-record with 11 consecutive wins in a single campaign
🇮🇷 Iran continue their superb run with another clean sheet
🇰🇷 🇨🇳 Late drama aplenty
Which was the most entertaining match for you? 🤔 pic.twitter.com/FpPUBOx0O1