News सूर्यविनायक वार्ड कपः वार्ड नम्बर ४, २ र १ सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । सूर्यविनायक सेभेन ए साईड वार्ड कप फुटबल प्रतियोगितामा वार्ड नम्बर ४, २ र १ सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । शुक्रबार मन्थली खेलमैदानमा सम्पन्न क्वाटरफाइनल खेलहरुतर्फ पहिलो क्वाटरफाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्ब ९ लाई २–१ ले हरायो ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ६ लाई शून्यका विरुद्ध चार गोलले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । त्यसैगरी शुक्रबार नै भएको तेस्रो क्वाटरफाइनलमा वार्ड नम्बर १ ले वार्ड नम्बर ७ लाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।

वार्ड नम्बर ११ र वार्ड नम्बर ५ बीचको चौथो क्वाटरफाइनल भने शनिबार बिहान हुने आयोजकले जनाएको छ । त्यस्तै सेमिफाइनल र फाइनल खेल पनि शनिबार नै हुनेछ भने पुरस्कार वितरण र समापन कार्यक्रम पनि सोही दिन गरिने आयोजकले जानकारी दियो ।

मन्थली युथ क्लब र सुर्यविनायक नगरपालिकाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित एउटा खसी र नगद ५० हजार ट्रफी र मेडल हात पार्नेछ भने उपविजेताले एउटा टर्की र २५ हजार नगदसहि ट्रफी र मेडल हात पार्नेछ ।

त्यसैगरी तेस्रो हुने टोलीले एउटा भाले र १० हजार नगद, ट्रफी र मेडलप्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि नगद ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments