News नेपाल विरुद्ध भारतको जित्ने सम्भावना बलियोः अल्मुतारी
गोलनेपाल

काठमाडौं । माल्दिभ्समा जारी प्रतिष्ठित साफ च्याम्पियनसिपको बहुप्रतिक्षित भिडन्तका रुपमा हेरिएको नेपाल र भारतबीचको खेल आइतबार हुँदैछ ।

खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलमा बोल्दै गर्दा नेपालका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले भारतलाई बलियो प्रतिद्वन्द्वीका रुपमा औंल्याएका छन् ।

साफको इतिहासलाई केलाउने हो भने नेपालले अहिलेसम्म यो प्रतियोगिताको उपाधि उचाल्न सकेको छैन । जबकी भारतले भने सर्वाधिक सात पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।

तर जारी साफ च्याम्पियनसिपमा भने भारतले अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको बेला नेपालले भने ठिक विपरित उत्कृष्ट प्रदर्शन गरिरहेको छ । आफ्नो पछिल्ला दुई खेलहरुमा लगातार जित हात पारेको नेपाल शिर्ष स्थानमा रहँदा लगातार दुई बराबरी खेलेको भारत पुछारबाट दोस्रो स्थानमा छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अल्मुतारीले आइतबारको खेलमा भारतले ९५ प्रतिशत जित्ने सम्भावना रहेको बताएका छन् । अल्मुतारी भन्छन्, “भोली हुने भारत विरुद्धको खेल हाम्रा कठिन हुनेछ । भारत बलियो टिम हो । उनीहरुले सातपल्ट साफ जितिसकेका छन् । उनीहरुले जित्ने सम्भावना ९५ प्रतिशत छ ।”

अल्मुतारीले आइतबार हुने खेलमा भारतको दावेदारीता बलियो रहने बताए । यद्यपि आफूहरुले भारत बलियो टोली भए पनि उनीहरु विरुद्ध नडराई खेल्ने स्पष्ट पारे । साथै साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपालको सम्भावना अझै निश्चित भई नसकेकोले आफूहरुले अहिले खुशी मनाउन आवश्यक नरहेको समेत बताए ।

राती कै समयमा हुँदै नेपाल र भारतको खेल

साफ च्याम्पियनसिपतर्फ नेपाल र भारतबीच आइतबार हुने खेल पनि नेपाली समयअनुसार राती ९ः४५ बजेदेखि शुरु हुनेछ । नेशनल स्टेडियममा हुने सो खेल निकै प्रतिस्पर्धात्मा हुने अनुमान समेत गरिएको छ ।

त्यस्तै आइतबार नै हुने पहिलो खेलमा आयोजक माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ । श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ भने साविक विजेता समेत रहेको माल्दिभ्सको फाइनल पुग्ने सम्भावना कायम छ ।

 

Post Comments