![](https://nepali.goalnepal.com/uploads/news/1633789177.jpg)
काठमाडौं । भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले आफूहरु माल्दिभ्स साफ च्याम्पियनसिपको उपाधि जित्न कै लागि आएको कुरालाई दोहोर्याएका छन् ।
आइतबार नेपाल विरुद्धको महत्वपूर्ण म्याच अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्टिम्याकले सो कुरा दोहोर्याएका हुन् । स्मरण रहोस, सात पल्टको च्याम्पियन भारत जारी प्रतियोगितामा लगातार दुई बराबरीसँगै मात्र २ अंकका साथ समूहको पुछारबाट दोस्रो स्थानमा छ र प्रतियोगिताबाटै बाहिरिने संघारमा पनि छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्टिम्याकले भने “हामीलाई नेपालबारे थाहा छ । उनीहरु राम्रो स्थान र राम्रो लयमा छन्ु । तर हामी नेपाल विरुद्ध खेल्ने चिन्तित छैनौं । हामीले नेपाल विरुद्ध हालै उनीहरुकै घरमा खेलेका थियौं र जितेका पनि थियौं । त्यहि नतिजालाई हामी माल्दिभ्समा पनि दोहोर्याउन सक्षम छौं ।”
साथै स्टिम्याकले आफूहरुसँग अन्य विकल्प पनि नरहेको बताउँदै आफ्नो टोलीले अझै पनि साफ च्याम्पियनसिप जित्नेमा विश्वास समेत व्यक्त गरे । स्टिम्याक अगाडी भन्छन्, “हामी टिम गेममा राम्रो खेल्नेछौं । नेपालले राम्रो खेलिरहेको छ । उनीहरु ६ अंकका हकदार पनि हुन् । तर हामीले नेपाललाई राम्रोसँग बुझेका छौं ।”
साफ च्याम्पियनसिपतर्फ नेपाल र भारतबीचको खेल आइतबार नेपाली समयअनुसार राती ९ः४५ बजेदेखि शुरु हुनेछ । त्यसअघि आइतबार नै आयोजक माल्दिभ्स र श्रीलंका पनि आमने सामने हुनेछन् ।
- खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गरेका फुटबलप्रेमीहरूले नेपाल र बंगलादेशबीचको बहुप्रतिक्षित SAFF फाइनल खेलमा सहभागी हुन सक्ने
- महिला साफ च्याम्पियनसिप: खल्ती एपबाट टिकट खरिद गर्न सकिने
- नेपाल भर्सेस भारतः लक्ष्य जित कै
- नेपाल विरुद्ध भारतको जित्ने सम्भावना बलियोः अल्मुतारी
- फाइनल पुग्ने माल्दिभ्सको सम्भावना कायमै