News चुनीखेल र वासिक सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । चुनीखेल र वासिक क्लब जारी छैठौं बुढानिलकण्ठ नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको पहिलो खेलमा धुलिखेलले बुढानिलकण्ठ युवा क्लबलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो ।

त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा वासिक क्लबले बिष्णुमति युवा क्लबलाई शन्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनल य ात्रा तय गर्न सफल भयो । प्रतियोगिता अन्तरगत असोज २४ गते आइतबार पनि दुई खेलहरु हुने आयोजक कमिटीका अध्यक्ष प्रज्ञान ठकुरीले जानकारी दिए ।

बुढानिलकण्ठ युवा समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फाइनल खेल भने यहि असोज २८ गतेका दिन हुनेछ ।

Post Comments