काठमाडौं । चुनीखेल र वासिक क्लब जारी छैठौं बुढानिलकण्ठ नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको पहिलो खेलमा धुलिखेलले बुढानिलकण्ठ युवा क्लबलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो ।
त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा वासिक क्लबले बिष्णुमति युवा क्लबलाई शन्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनल य ात्रा तय गर्न सफल भयो । प्रतियोगिता अन्तरगत असोज २४ गते आइतबार पनि दुई खेलहरु हुने आयोजक कमिटीका अध्यक्ष प्रज्ञान ठकुरीले जानकारी दिए ।
बुढानिलकण्ठ युवा समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फाइनल खेल भने यहि असोज २८ गतेका दिन हुनेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै