
हेटौडा । बडा दशैंको अवसरमा हेटौंडा–७ स्थित नागस्वतीमा जारी टोल स्तरीय फुटबल प्रतियोगितामा जागरण क्लब र न्युरेनी फुटबल कलब फाईनलमा प्रबेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अग्राठे र जागरण क्लवबीचको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जागरणले अग्राठेलाई ५–४ ले पराजित गरी फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
्
त्यस्तै दोस्रो सेमिफाइनलमा न्युरेनीले पनि वनदेबी क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरी जागरण संगको फाईनल भेट पक्का गरेको हो । त्यसअघि निर्धारित समयमा एक–एकको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिन परेको थियो
फाईनल खेल असोज २५ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ४५ किलोको खसी, शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ३५ किलोको खसी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा