News रुपन्देहीमा सुबोथ स्मृति ओपन फुटसल हुने
गोलनेपाल

बुटवल । झरना स्पोर्टस् क्लब, कुन्जलापुर रुपन्देहीको आयोजनामा सुबोध स्मृति कप खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

रुपन्देही फुटसल एसोसिएशन र सम्झना परिवार, मंगलापुरको विशेष सहयोग रहने प्रतियोगिता यहि पौष ११ र १२ गते हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

तिलोत्तमा–५ मणिग्राम, रुपन्देही स्थित युनिक फुटसल एरिनामा हुने प्रतियोगितामा कुल २० टोलीहरुको सहभागिता रहने खेल संयोजक सिजन थापाले जानकारी दिए ।

संयोजक थापाका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक थापाले बताए ।

Post Comments