News शिवपुरी नवजागृतिलाई उपाधि
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । छैठौं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिताको उपाधि शिवपुरी नवजागृति युवा क्लबले जितेको छ । फाइनलमा साविक विजेता शिवपुरी युवा क्लबलाई टाईब्रेकरमा हराउँदै शिवपुरी नवजागृतिले उपाधि उचाल्न सफल भएको हो ।

बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछिको टाईब्रेकरमा भने शिवपुरी नवजागृतिले नतिजा ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

विजेता बनेको शिवपुरी नवजागृति युवा क्लबले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता शिवपुरी युवा क्लबले ५० हजारमा चित्त बुझायो । बुढानिलकण्ठ युवा समाजको आयोजनामा भएको प्रतियोगितामा कुल १९ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments