News
शिवपुरी नवजागृतिलाई उपाधि
काठमाडौं । छैठौं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिताको उपाधि शिवपुरी नवजागृति युवा क्लबले जितेको छ । फाइनलमा साविक विजेता शिवपुरी युवा क्लबलाई टाईब्रेकरमा हराउँदै शिवपुरी नवजागृतिले उपाधि उचाल्न सफल भएको हो ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछिको टाईब्रेकरमा भने शिवपुरी नवजागृतिले नतिजा ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
विजेता बनेको शिवपुरी नवजागृति युवा क्लबले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता शिवपुरी युवा क्लबले ५० हजारमा चित्त बुझायो । बुढानिलकण्ठ युवा समाजको आयोजनामा भएको प्रतियोगितामा कुल १९ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै