News प्रथम खुला फुटसल च्याम्पियनसिप हुने
गोलनेपाल

काठमाडौं । फुटबलसँगै फुटसलमा पनि व्यस्त बनेको नेपाली खेलकुद क्षेत्रमा फेरि अर्को खुला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

गम्चा फुटबल क्लबको आयोजनामा आउँदो कार्तिक १७ र १८ गतेका दिन दुई दिने खुला फुटसल प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउने क्लबहरुका लागि यहि असोज ३१ गतेदेखि टिम दर्ता खुला हुने आयोजकले जनाएको छ ।

टिम दर्ता शुल्क ३५ सय रहेको प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता गर्न अन्तिम मिति आउँदो कार्तिक १३ गतेसम्म तोकिएको छ । भद्रकाली फुटसल एण्ड रिक्रेशन सेन्टरमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments