News तनहुँमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिमा यहि कार्तिक १२ गतेदेखि सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । जनपुस्तकालय, शुक्लागण्डकी, तनहुँको ४२औं वार्षिकोत्सवको अवसरमा आयोजना हुन गईरहेको प्रतियोगिताका लागि टिम दर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ ।

टिम दर्ताका लागि यहि कार्तिक ११ गतेसम्म अन्तिम मिति तोकिएको प्रतियोगितामा सहभागिता जनाउनका लागि इच्छुक क्लबहरुलाई आह्वान गरिएको समेत प्रतियोगिता संयोजक कमल थापाले जानकारी दिए । साथै टिम दर्ता शुल्क ३ हजार तोकिएको संयोजक थापाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३ हजार हात पार्नेछ भने उपविजेताले २२ हजार प्राप्त आयोजकले जानकारी दियो । शुक्लागण्डकी नगरपालिका–५ स्थित बेलचौतारा खेलमैदानमा हुने प्रतियोगिताको फाइनल खेल भने कार्तिक १७ गतेका दिन हुने आयोजकले जनाएको छ ।

Post Comments