News कार्तिक १० देखि पिट्सबर्ग च्यालेन्ज कप (खेलतालिकासहित)
गोपाल काफ्ले

पथरी । नेपाली फुटलवको विकास र नेपाली भाषीमनहरुलाई जोड्ने उद्देश्यका साथ तेस्रो मुलुक पुर्नबास भएका नेपाली भाषी भुटानी समुदायले फुटवल प्रतियोगिता आयोजना गर्ने भएका छन् । लामो समय नेपालका बिभिन्न स्थानमा बसोबास गर्दै तेस्रो मुलुक पुर्नबास भएका नेपाली भाषी समुदायको मोरङको पथरी शनिश्चरे १० मा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ आयोजना गर्ने भएको हो ।

यहि कार्तिक १० देखी १९ गते सम्म चल्ने प्रतियोगितामा पुर्वका १० टिमको सहभागिता रहने छ । अमेरीकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

प्रतियोगितामा बिधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवाडृ, कोच र उच्च गोलकर्ताले जनही ५–५ हजार प्राप्त गर्ने छन भने सर्वोकृष्ट खेलाडीले नगद १० हजार र प्रत्येक खेलको म्यन अफ द म्याचले जनही २ हजार ५ सय प्राप्त गर्ने आयोजक समितिका सदस्य बिक्की राईले जानकारी दिएका छन ।

त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक अमेरिकामा रहेर सामाजिक काम गर्दै आएका मेघ सुबेदीको कम्पनी सिजल सिस्टरले गर्ने भएको आयोजक समितिका सदस्य तथा थ्री रिभर्सका सदस्य अर्जुन बिष्टले जानकारी दिए ।

अमेरिकाको पिट्सबर्गमा रहेका नेपाली भाषीले प्रत्येक बर्ष संचालन गर्दै आएको उक्त प्रतियोगिता यो सिजनबाट नेपालमा सुरु हुने भएको हो । आउँदा दिनमा नेपालका बिभिन्न स्थानमा संचालन हुने आयोजक तथा अमेरिकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स एफ.सी. का सदस्य किरण थापाले बताए । आफ्नो मातृमुमीसँगको सम्बन्ध कायम राख्दै नेपाली भाषी मनलाई एक ठाउँमा जोड्न फुटवल एक माध्यम रहेको थापाको भनाई छ ।

लामो समय नेपालको भुमीमा जिवन विताउदै जिवन जिउने क्रममा तेस्रो मुलुक पुर्नबास भएका नेपाली भाषीको मन मनमा नेपाल र नेपालीपन छ । नेपालीपन जोड्न अमेरिका र नेपालमा बिभिन्न कार्यक्रमहरु गरिरहेको अमेरिकाको पिट्सबर्गमा बसोबास गर्दै आएका सिजल सिस्टरका संस्थापक मेघ सुबेदीले बताए ।

प्रतियोगितामा शिवशताक्षी फुुटबल क्लव झापा, भाउन्ने फुटबल क्लव मोरङ, लेटाङ फुटवल क्लव लेटाङ, पथरी शनिश्चरे फुटबल क्लव पथरी, बिराटनगर फुटबल क्लव बिराटनगर, भुटानी ब्वाइज क्लब, बेलबारी फुटबल क्लव, प्रतिभा समाज सुधार युवा क्लव दमक एफ सि झापा र राष्ट्रिय जागृति फुटबल क्लव सुनसरी बीच प्रतिस्पर्धा हुने भएको छ ।

 

Post Comments