News
पर्वतमा सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुँदै
मोदी । आउँदै गरेको शुभ दिपावली पर्वको अवसरमा पर्वत जिल्लाको मोदी गाउँपालिकामा सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
मोदी युवा सञ्जाल, पर्वतको आयोजनामा यहि आउँदो कार्तिक १४ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता पनि खुला गरिएको छ । सहभागिता जनाउने इच्छुक क्लबले ६ हजार शुल्क तिरी टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि १५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
कार्तिक १८ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेलहरु डिमुवा, पर्वत स्थित स्थानीय खेलमैदानमा हुनेछन् ।
Post Comments
Related News
- अनुशासित ब्वाईज क्लब (एबीसी) र आयोजक मर्दिखोला युनाइटेड फाइनलमा
- पैयुँ पर्वत युथ गोल्डकपः लप्पो, होराइजन, मर्दिखोला युनाइटेड (सेतो) र एबीसी सेमिफाइनलमा
- पैयुँ पर्वत गोल्डकप युथ फुटबल प्रतियोगितामा बिहीबार चार खेलहरु सम्पन्न
- आयोजक मर्दिखोला युनाइटेडलाई राष्ट्रिय युथ फुटबल प्रतियोगिताको उपाधि
- प्रथम पैयुँ गोल्डकप यु–१६ फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)