News शानदार जितका साथ झापाको विजयी शुरुवात
गोलनेपाल

केराबारी । सहज जित निकाल्दै झापा फुटबल क्लब सोमबारदेखि शुरु प्रथम स्व. राजु सोदेन स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

केराबारी–८ मोरङ स्थित प्रस्तावित केराबारी रंगशालामा भएको उदघाटन तथा क्वाटरफाइनल भिडन्ततर्फ झापाले बसाहा फुटबल क्लब, उदयपुरलाई ४–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

झापाको जितमा गणेश हेमरन, सरोज कार्की, श्याम मुर्मु र रोहन कार्कीले गोल गरे । उता पराजित बसाहाका लागि पवन कार्कीले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा झापाका रोहन कार्की म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत कार्तिक ९ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल बिराटनगर स्पोर्टस एकेडेमी, मोरङ र टेन नवोदय फुटबल क्लब, पथरीबीच हुने आयोजकले जनाएको छ ।

कार्तिक १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् ।

 

 

Post Comments