News आयोजकलाई हराउँदै बसन्तपुर सेमिफाइनलमा
गोलनेपाल

दुहबी । प्रतिस्पर्धात्मक जित हात पार्दै बसन्तपुर फुटबल क्लब, दुहबी–३ सुनसरी यहाँ जारी प्रथम नकआउट खुला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो क्वाटरफाइनलतर्फ बसन्तपुरले आयोजक युथ–११ फुटबल क्लब, दुहबी–५ सुनसरीलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । श्री सरस्वती उमाविको खेलमैदानमा भएको खेलमा बसन्तपुरका लागि खेलको २९औं मिनटमा समिर चौधरीले पहिलो गोल गरे भने ३८औं मिनटमा राजु चौधरीले दोस्रो गोल थपे । जुन निर्णायक गोल पनि बन्यो ।

उता आयोजक युथ–११ का लागि ४६औं मिनटमा राजन थपलियाले एक गोल फर्काए तापनि टोलीको हारलाई टार्न सकेनन् । खेलमा बसन्तपुरका समिर चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई दुहबी नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष मुन्ना हलुवाईले नगदसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक ९ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल मेमोरी युवा क्लब, सुनसरी र पचिरा युवा क्लब, पचिरा बीच हुने आयोजकले जानकारी दियो ।

युथ–११ फुटबल क्लब, दुहबी–५ सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १५ गतेका दिन हुने आयोजकले जनाएको छ ।

 

 

Post Comments