
काठमाडौं (एजेन्सी) । आगामी बर्ष भारतमा हुन गईरहेको प्रतिष्ठित एएफसी वुमन्स एसियन कपको ड्र बिहीबार सार्वजनिक गरिएको छ ।
आगामी बर्षको २० जनवरीदेखि ६ फेब्रुअरीसम्म हुन गईरहेको प्रतियोगिताको समूह ए मा आयोजक भारतसहित सर्वाधिक ८ पटकको च्याम्पियन चीन, तीन पल्टको च्याम्पियन चाइनिज ताइपेई र इस्लामिक रिपब्लिक इरान रहेका छन् ।
स्मरण रहोस, चीन जोर्डनमा भएको गत संस्करणको तेस्रो स्थान हासिल गर्ने टोली समेत हो । प्रतियोगिताको उद्घाटन खेलमा २० जनवरीका दिन चीनले चाइनिज ताइपेई र सोही दिन भारतले इरानसँगै खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
भारतको तीन शहरहरुमा हुने प्रतियोगिताको समूह बी तर्फ गत संस्करणको उपविजेता अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र इण्डोनेसिया रहेका छन् । थाइल्याण्ड भने गत संस्करणको चौथो स्थान हासिल गर्ने टोली समेत हो । त्यस्तै फिलिपिन्सले भने छनौट प्रतियोगितातर्फ नेपाल र हङकङलाई पछि पार्दै फाइनल चरणका लागि छनौट भएको थियो ।
त्यस्तै समूह सी मा डिफेन्डिङ च्याम्पियन जापानसँगै अर्को एसियन पावर हाउस दक्षिण कोरिया, भियतनाम र म्यानमार रहेका छन् ।
🌟 Presenting the #WAC2022 🇮🇳 India, Draw Results 🌟
— #AsianCup2023 (@afcasiancup) October 28, 2021
1️⃣2️⃣ teams are set to battle it out for continental glory!
Predict your finalists ⬇️ pic.twitter.com/JJyWNtlgSJ