News एएफसी यु–२३ एसियन कप छनौटः माल्दिभ्स र श्रीलंका पनि बाहिरियो
गोलनेपाल

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रहरुको खराब प्रदर्शनलाई बिहीबार पनि निरन्तरता पायो ।

समूह बी तर्फ नेपालले ताजिकिस्तानसँग ६–० को हार बेहोरेकै दिन अर्का दुई दक्षिण एसियाली राष्ट्र माल्दिभ्स र श्रीलंकाले पनि हारको सामना गरे । छनौट प्रतियोगितातर्फ समूह सी मा रहेको माल्दिभ्सले बिहीबार बहराईनसँग ०–३ को हार बेहोर्यो ।

माल्दिभ्सको यो लगातार दोस्रो हार थियो । यसअघि माल्दिभ्सले पहिलो खेलमा इराकसँग ४–० को हार बेहोरेको थियो । यो हारसँगै माल्दिभ्स पनि छनौट प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै समूह ए मा रहेको श्रीलंकाले आफ्नो दोस्रो खेलमा कतारसाग ५–० को हार बेहोर्यो । आफ्नो पहिलो खेलमा यमनसँग समान अन्तरले पराजित श्रीलंकाको पनि छनोट प्रतियोगिताको यात्रा समाप्त भएको छ ।

श्रीलंकाले समूह चरणको अन्तिम खेलमा ३१ अब्टुबरका दिन सिरियासँग खेल्नेछ । सिरियाले आफ्नो पहिलो खेलमा कतारसँग हार बेहोरेको थियो भने बिहीबार यमनसँग बराबरी खेलेको थियो ।

Post Comments