पाख्रीबास । आयोजक युथ युनाइटेड, रारा एफसी र साँगुरीगढी आ–आफ्नो खेलमा जित हात पार्दै यहाँ जारी प्रथम पाख्रीबास कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पाख्रीबास नगरपालिका–४ स्थित स्थानीय खेलमैदानमा भएको पहिलो खेलमा राराले धनकुटा नगरपालिकालाई ५–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलमा राराका नरेन्द्र बिक म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा आयोजक युथ युनाइटेडले महालक्ष्मी नगरपालिकामाथि ४–० को जित निकाल्यो । खेलमा आयोजकका पाल्देन गुरुङ म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी तेस्रो खेलमा साँगुरीगढी गाउँपालिकाले छथर जोरपाटी गाउँपालिकालाई १–० ले हरायो । सो खेलमा साँगुरीगढीका विवेक राई म्यान अफ द म्याच चुनिए ।
युथ युनाइटेड परिवार, पाख्रीबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक १३ गतेका दिन हुनेछ ।

- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा