News रारा र साँगुरीगढी उपाधिका लागि भिड्ने
गोलनेपाल

पाख्रीबास। प्रथम पाख्रीबास कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रारा एफसी र साँगुरीगढी एफसी उपाधिका लागि भिड्ने भएका छन् ।

पाख्रीबास नगरपालिका–४ स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा रारा एफसीले खाल्चा छिन्ताङलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै फाइनल यात्रा तय गर्यो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा साँगुरीगढीले आयोजक युथ युनाइटेडलाई समान १–० को गोल अन्तरले हराउँदै रारा एफसीसँगको फाइनल भेट पक्का गर्यो । फाइनल खेल कार्तिक १३ गते शनिबार हुने आयोजकले जनाएको छ ।

युथ युनाइटेड परिवार, पाख्रीबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

 

Post Comments