News मैत्रीपुर्ण खेलमा थ्रीस्टार र एनआरटीको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको दुई टोली थ्रीस्टार क्लब र न्युरोडटिम (एनआरटी) ले शुक्रबार प्रि–सिजन अभ्यास म्याच खेलेका छन् ।

किर्तिपुर स्थित ल्याबोरेटरी स्कुलको खेलमैदानमा भएको सो मैत्रीपुर्ण म्याचमा दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेले । स्मरण रहोस, यहि कार्तिक २९ गतेदेखि शुरु हुन गईरहेको शहिद स्मारक ए डिभिजन लिगतर्फ थ्रीस्टारले कार्तिक ३० गतेका च्यासल युथ क्लबसँग खेल्दै नयाँ लिग सिजनको शुरुवात गर्नेछ ।

त्यस्तै एनआरटीले भने मंसिर २ गतेका दिन साविक विजेता मच्छिन्द्र फुटबल क्लबसँग खेल्दै लिगको शुरुवात गर्नेछन् । थ्रीस्टार र एनआरटीले खेल्ने आफ्नो पहिलो खेल दशरथ रंगशालामा हुनेछन् ।

यस बर्ष लिग च्याम्पियनले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हात पार्ने टोलीलाई २५ लाख दिने एन्फाले घोषणा गरिसकेको छ ।

 (तस्विरः थ्रीस्टार क्लब)

Post Comments