News
श्याम नायक बन्दा झापा बन्यो च्याम्पियन
काठमाडौं । श्याम कुमार गोले नायक बन्दा झापा भेट्रान्सले मंगलबार सम्पन्न मेयर कप राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ ।
दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा झापाले खुमलटार भेट्रान्समाथि २–१ को जित निकाल्दै उपाधि माथि कब्जा जमायो । यद्यपि खेलमा अग्रता भने खुमलटारले नै लिएको थियो ।
२७औं मिनटमा कप्तान नरेन्द्र लामाको गोलबाट अग्रता बनाएको खुमलटारले त्यसलाई जोगाउन सकेन । ३७औं मिनटमा श्याम कुमारले झापाका लागि पहिलो गोल गरे भने इन्जुरी समयमा दोस्रो तथा निर्णायक गोल गर्दै झापाली टोलीको जित पक्का गरे ।
फुटबलर्स मिशन टुगेदरको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेको झापाले उपाधिसहित ५ लाख हात पार्यो भने उपविजेता खुमलटारले २ लाख ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि