News सातौं फर्साटिकर कप शुरु, भैरवको शानदार शुरुवात
गोलनेपाल

बुटवल । रुपन्देहीमा शुक्रबारदेखि शुरु सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितामा भैरव एफसी, नवलपरासीले शानदार शुरुवात गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको उद्घाटन खेलमा भैरवले साविक विजेता विश्व शान्ति युवा क्लब, सालझण्डीलाई ५–० को फराकिलो अन्तरले हरायो ।

भैरवको जितमा बिनोद केवटले ह्याट्रिक गरे भने थप दुई गोल राम बहादुर थापाले गरे । खेलमा ह्याट्रिकर्ता बिनोद केवट म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत पौष १२ गते शनिबारको खेल पाल्पा–११ र सौराह युवा समाज नेपाल, चितवनबीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको छ ।

शुद्धोदन गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।

त्यस्ते सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि जनही १६–१६ हजार हात पार्ने अध्यक्ष कुँवरले बताए । साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको उनले बताए ।

रुपन्देही, नवलपरासी, पाल्पा र चितवनका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पौष २६ गते हुनेछ ।

Post Comments