![](https://nepali.goalnepal.com/uploads/news/1636115825.jpg)
हेटौडा । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका तीन महत्वपूर्ण सदस्य अन्जन बिष्ट, आयुष घलान र सुनिल बल शुक्रबार गृहनगरमा सम्मानित भएका छन् ।
मकवानपुर खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरि तीन खेलाडीहरुलाई नगद २५ हजार, खादा र सम्मानपत्र सहित सम्मानित गरेको हो । यद्यपि सम्मान कार्यक्रममा आयुष घलान भने विविध कारणले उपस्थित हुन सकेनन् ।
खेलाडीहरुलाई बागमती राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी लगायत अन्य अतिथीहरुले सम्मानित गरेका थिए । स्मरण रहोस, नेपालले हालै माल्दिभ्समा सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औं संस्करणमा पहिलोपटक ऐतिहासिक फाइनलमा स्थान बनाएको थियो ।
तर फाइनलमा चिरप्रतिद्वन्द्वी भारतसँग नेपाल निराश हुन पुगेको थियो । नेपालको ऐतिहासिक सफलता र प्रदर्शनमा अन्जन, आयुष र सुनिलको पनि अहम भूमिका रहेको थियो । अन्जनले भने दोहारो पहेंलो कार्डका कारण दुर्भाग्यपुर्ण रुपमा फाइनल खेल्न सकेका थिएनन् ।
- सातौं बागमती गोल्डकप फागुन पहिलो सातादेखि
- मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष लुङवासहित ६ जनाको बागमती प्रदेश खेलकुद बिकास परिषदमा नियुक्ती
- पशुपति शिवाजी चित्लाङ एफसी काठमाडौंलाई बागमती प्रदेश लिगको उपाधि
- बागमती प्रदेश लिगः काठमाडौंको पशुपति शिवाजी चित्लाङ एफसी फाइनलमा, उपाधिका लागि दोलखाको टाईगरसँग भिड्ने
- बागमती प्रदेश लिगः दोलखाको टाईगर टिम फाइनलमा