News सुनसरीका रेफ्रीहरुलाई ट्रयाकशुट वितरण
गोलनेपाल

धरान । सुनसरी जिल्ला भित्र रहेका फुटबल रेफ्रीहरुलाई थोरै भए पनि उनीहरुको मनोबल बढाउने उद्देश्यले ट्रयाकशुट वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी जिल्ला फुटबल रेफ्री संघलाई विभिन्न सहयोगीदाता, शुभेच्छुक तथा आन्तरिक स्रोतबाट संकलित २ लाख २० हजार रुपैयाँबाट सुनसरी जिल्ला भरिका रेफ्रीहरुलाई २४ थान ट्रयाकशुट एक कार्यक्रमका बीच वितरण गरिएको हो ।

सुनसरी जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष बलिदान राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथी सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्की रहेका थिए ।

उपस्थित अतिथीहरुले नै सो ट्रयाकशुट सम्बन्धित रेफ्रीहरुलाई वितरण गरेका थिए ।

 

Post Comments