News
पोखरामा सेभेन ए साईड फुटबल प्रतियोगिता हुँदै

पोखरा । विस्तारै देशैभर खेलकुद गतिविधीले लय समाति रहेका पर्यटकीय नगरी पोखरामा पनि फुटबलले गति लिने तयारीमा छ । कोभिड महामारी पछि विस्तारै खेल क्षेत्र तंग्रिंदै गर्दा पोखरामा पनि फुटबल, फुटसल प्रतियोगिता आयोजना भईसकेका छन् र हुने तर्खरमा पनि छन् ।
यसैक्रममा उल्लेरी युवा क्लब, पोखरा–२२ कास्कीको आयोजनामा प्रथम उल्लेरी कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो मंसिर २२ देखि २५ गतेसम्म हुने प्रतियोगिताको टिम दर्ता पनि खुला गरिएको छ । साथै टिम दर्ता शुल्क ५ हजार तोकिएको आयोजकले जनाएको छ ।
पोखरा–२२ उल्लेरी स्थित ब्याड चौर खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड