News विनायक बन्यो च्याम्पियन
गोलनेपाल

काठमाडौं । विनायकले पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा विनायकले हिमरश्मीलाई १–० गोलले पराजित ग¥यो । प्रणव कोइरालाले निर्णायक गोल गरे । चावहिलको गणेशथानमा तेश्रो स्थानका लागि भएको खेलमा कौस्तुभले पशुपतिलाई ३–० गोलले हरायो ।

प्रतियोगितामा विनायकका सतिश थापा उत्कृष्ट खेलाडी, हिमरश्मीका ईश्वर गुरुङ उत्कृष्ट गोलरक्षक र कौस्तुभका विवस मगर उत्कृष्ट स्ट्राइकर घोषित भए ।

यसै प्रतियोगिताका २० उत्कृष्ट खेलाडीलाई साइपाल एकेडेमीले प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति पनि प्रदान गरेको छ । साइपालका प्रिन्सिपल सुमन नगरकोटीले उनीहरुलाई प्रमाण पत्र प्रदान गरे । त्यस्तै नर्वेमा जुलाईमा हुने गोथिया कप मैत्रीपूर्ण फुटबलका लागि पनि यसै प्रतियोगिताबाट २० खेलाडी छनोट गरिएको छ ।

विजेतालाई पूर्व मन्त्री अर्जुननरसिंह केसी, नेफका अध्यक्ष नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ६४ टिम सहभागी थिए ।

Post Comments