News पथरीशनिश्चरेमा खुल्ला फुटबल प्रतियोगिता
गोलनेपाल

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ मोरङको पथरीशनिश्चरेमा प्रथम पथरीशनिश्चरे खुल्ला नकाआउट फुटबल प्रतियोगिता हुनेभएको छ ।

मंगलबार पथरीको मनोहर पार्कमा एक कार्यक्रमको आयोजना गरी आयोजक सुनाखरी युवा क्लबले फुटबल प्रतियोगिताको बारेमा पत्रकार सम्मेलनको गरी जानकार गरेको हो ।

प्रतियोगिता पथरीको सुनाखरी खेल मैदानमा यही असोज २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । खुल्ला नकाआउट फुटबल प्रतियोगितामा सुनाखरी युवा क्लब आयोजक, लेटाङ फुटबल क्लब, धरान फुटबल फ्यान क्लब, बेलबारी फुटबल क्लब, सुकुना फुटबल क्लब, योेसेक फुटबल क्लब उर्लाबारी, दमक फुटबल क्लब र पथरी स्पोटिङ क्लबले सहभागिता जनाउनेछन् ।

खेलको विजेताले नगद ५१ हजार १ सय ११ दोस्रो हुनेले ३१ हजार १ सय ११ रुपैंया सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्ने छन । खेलमा उत्कृष्ट ८ बिधाका खेलाडिलाई समेत प’रस्कृत गरीने आयोजकले बताएको छ ।

प्रतियोगिताको लागत लागि करिब ४ लाख ९२ हजार २ सय २२ खर्च लाग्ने कोषाध्यक्ष जोन सुब्बाले जानकारी दिए ।

Post Comments