News दोस्रो भेट्रान्स दसैं कपको उपाधि आयोजक सनराइज भेट्रान्सलाई
गोलनेपाल

(लेटाङ, मोरङ,१६ असोज) सनराइज युनाइटेड क्लब, लेटाङ ३ को आयोजनामा सम्पन्न दोस्रो भेट्रान्स दसैं कपको उपाधि आयोजक सनराइज भेट्रान्सले जितेको छ ।

मंगलबार सम्पन्न फाइनलमा सनराइज भेट्रान्सले बसन्त भेट्रान्स, जातेलाई १-० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको आठौं मिनेटमा आयोजकका मनिस तामाङले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई १-० ले उपाधि दिलाएका थिए ।

खेलको म्यान अफ द म्याच सनराइज भेट्रान्स का निर्णायक गोलकर्ता मनिस तामाङ भए । विजेता सनराइज भेट्रान्सले ३५ केजीको खसी प्राप्त गर्न सफल भयो भने उपविजेता बसन्त भेट्रान्सले १५ केजी भाले प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर सनराईज भेट्रान्सका दिलकुमार राई, उत्कृष्ट / सर्वाधिक गोलकर्ता बसन्त भेट्रान्सका सुक्र ब. राई घोषित भए भने सनराइज भेट्रान्सका अनिल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

असोज ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा लेटाङ नगरपालिकाका ८ वटा भेट्रान्स टिमहरुको सहभागीता थियो ।

Post Comments