News उद्घाटन खेलमा हाम्रो धरान भेट्रान्स विजयी
गोपाल काफ्ले

पथरी । मोरङको कानेपोखरी गाउँपालिका जहदामा सुरु भएको जहदा भेट्रान्स गोल्डकपको उद्घाटन खेलमा हाम्रो धरान भेट्रान्स सुनसरी विजयी भएको छ । एभरेष्ट भेट्रन्स मोरङलाई ट्राइबेकरमा २–४ गोल अन्तरले पराजित गर्दै धरान भेट्रान्स विजयी भएको हो ।

त्यसअघि निधारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको पहिलो हाफ गोल रहित बराबरी भए पनि दोस्रो हाफको दोस्रो मिनेटमै धरान भेट्रान्सका लागि जनक सुनुवारले गोल गर्दै अग्रता लिएका थिए ।

खेलमा धरान भेट्रान्सले अग्रता लिए पनि जितका लागि ट्राइबेकर सम्म कुर्नु परेको थियो । एभरेष्ट भेट्रान्सका भुवन सिह राईले दोस्रो हाफको १५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

ट्राइबेकरमा धरान भेट्रान्सका सुमन केसी, जनकराज सुनार, तिर्थराज मगर र योगेन्द्र राईले गोल गरे भने एभरेष्टका लागि प्रेम घिमिरे, डिल्लिराम श्रेष्टले गोल गर्दा भुवन सिह राई र बद्रि विष्टको प्रहार बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच हाम्रो धरान भेट्रान्सका जनक सुनुवार घोषित हुदै नगद १५ सय प्राप्त गरे । प्रतियोगिता कार्तिक २९ गते सोमबारको खेल आयोजक जहदा भेट्रान्स जहदा र मर्निङ भेट्रान्स विराटनगर विच हुने खेल संयोजक डेनि राईले जानकारी दिए ।

जहदा भेट्रान्स जहदाको आयोजनामा सुरु भएको भेट्रान्स गोल्डकपमा मोरङ, झापा र सुनसरीका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलिले नगद १ लाखका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टोलिले नगद ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रदेश नं. १ का संसद सुयर्माराज राईले गरेका थिए । नव प्रगतिशिल समाज सेवा क्लव संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक नमस्ते टेडर्स मकाउका किरण श्रेष्ठ गरेका छन भने सह–प्रायोजक लुम्बिनी रेष्टुरेन्ट एण्ड बार साउथ कोरियाकी परि गुरुङ र कानेपोखरी गाउँपालिका कानेपोखरीले रहेको छ ।

 

Post Comments