काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँग बहराईनमा भेटघाट गरेका छन् ।
एन्फाका अनुसार अध्यक्ष शेर्पा र अल खलिफा बीच सोमबार भएको भेटघाटमा विभिन्न विषयमा छलफल भएको बताइएको छ । साथै सो अवसरमा एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासमा एएफसीले पुर्याएको योगदा र सहयोगका लागि एएफसी अध्यक्ष अल खलिफालाई विशेष धन्यवाद समेत दिएका थिए ।
भेटघाट कै क्रममा अध्यक्ष शेर्पाले अल खलिफासँग एएफसीको कार्यसमितिको बैठक पनि नेपाल मै गर्न प्रस्ताव समेत गरेका थिए । सो प्रस्तावप्रति सकरात्मक रहेका अल खलिफीले निकट भविष्य मै नेपाल भ्रमण गर्नेमा पनि इच्छुक रहेको एन्फाले जनाएको छ ।
सोही अवसरमा एन्फा अध्यक्ष शेर्पाले अल खलिफीलाई माया चिनो स्वरुप नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी हस्तान्तरण समेत गरेका थिए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)