News बहराईनमा एन्फा अध्यक्ष र एएफसी अध्यक्ष बीच भेटघाट
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँग बहराईनमा भेटघाट गरेका छन् ।

एन्फाका अनुसार अध्यक्ष शेर्पा र अल खलिफा बीच सोमबार भएको भेटघाटमा विभिन्न विषयमा छलफल भएको बताइएको छ । साथै सो अवसरमा एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासमा एएफसीले पुर्याएको योगदा र सहयोगका लागि एएफसी अध्यक्ष अल खलिफालाई विशेष धन्यवाद समेत दिएका थिए ।

भेटघाट कै क्रममा अध्यक्ष शेर्पाले अल खलिफासँग एएफसीको कार्यसमितिको बैठक पनि नेपाल मै गर्न प्रस्ताव समेत गरेका थिए । सो प्रस्तावप्रति सकरात्मक रहेका अल खलिफीले निकट भविष्य मै नेपाल भ्रमण गर्नेमा पनि इच्छुक रहेको एन्फाले जनाएको छ ।

सोही अवसरमा एन्फा अध्यक्ष शेर्पाले अल खलिफीलाई माया चिनो स्वरुप नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी हस्तान्तरण समेत गरेका थिए ।

Post Comments