
काठमाडौं । कतारमा रहेका आप्रवासी नेपालीहरुको नेपाल फुटबल टिम कतार बनाएर नेपाल र नेपाली फुटबललाई कतारमा चिनाएका टिमका अध्यक्ष तथा संस्थापक सञ्जिव रानाभाटलाई सम्मान गरिएको छ ।
नेपाली कम्युनिटी नेशनल टिम–कतार टिम स्थापना गरि प्रवाशमा नेपालीहरुलाई फुटबलको माध्यमबाट एकतामा बाँध्ने काम गरेका रानाभाटलाई नेपालको चर्चित र सफलतम क्लब मध्ये एक रुस्लान थ्रीस्टार क्लबले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा थ्रीस्टार क्लबका अध्यक्ष अरुणमान जोशीले रानाभाटलाई नेपाली क्लब तथा फुटबललाई सधै समर्थन गरेकोमा विशेष धन्यवाद दिए । सो अवसरमा सम्मान ग्रहण गरेपछि रानाभाटले पनि नेपाली फुटबल र फुटबल विकासप्रति आफ्नो धारणा राख्दै नेपाली फुटबलप्रति आफ्नो सधै समर्थन रहने बताए ।
सोही अवसरमा थ्रीस्टार क्लबका कप्तान बिक्रम लामा लगायत क्लबका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । स्मरण रहोस, थ्रीस्टार हाल यहि आउँदो मंसिर ३ गतेदेखि शुरु हुन गईरहेको कतायर एयरवेज शहिद स्मारक ए डिभिजन लिगको तयारीमा छ ।
(तस्विरः थ्रीस्टार क्लब)
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय