News आर्मीलाई अझै केल्मी कै साथ
गोलनेपाल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई चर्चित खेलकुद उत्पादक कम्पनी केल्मीले नै प्रायोजन गर्ने भएको छ । पछिल्लो दुई बर्षदेखि आर्मीलाई खेलकुद सामाग्री प्रायोजन गर्दै आइरहेको केल्मीले सोही सम्झौतालाई थप चार बर्षका लागि नविकरण गरेको हो ।

यसअघि केल्मीले आर्मीको फुटबल टोलीलाई मात्र पोशाक प्रायोजन गर्दै आएको मा यस बर्षदेखि अन्य खेलका खेलाडीहरुलाई पनि खेल खेल पोशाक प्रायोजन गर्ने क्लबले जनाएको छ । केल्मीले आर्मीलाई खेलकुद सामाग्रीहरु पनि उपलब्ध गराउने सहमति भएको छ ।

आर्मी मुख्यालयमा प्रायोजनबारे दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर र आदान प्रदान समेत भयो । सम्झौतापत्र हस्ताक्षर कार्यक्रमका आर्मीका महासेनानी मुनाल बस्नेत, प्रमुख सेनानी उज्ज्वल केसी तथा केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

Post Comments