News
श्रीस्टारमाथि सातदोबाटोको सनसनी

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा उपाधिको दावेदार मध्ये एक रुस्लान थ्रीस्टार क्लब नवआगन्तुक टोली सातदोबाटो युथ क्लबसँग शुक्रबार स्तब्ध बनेको छ ।
दोस्रो चरणको पहिलो खेलमा सातदोबाटोले थ्रीस्टारलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सनसनी मच्याएको हो । दशरथ रंगशालामा भएको खेलको २९औं मिनटमा सुदिप गुरुङले गरेको एक मात्र गोल स्टारलाई निराश बनाउन प्रर्याप्त बन्यो ।
निर्णायक गोलकर्ता गुरुङ नै म्यान अफ द म्याच समेत घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै जित निकालेको सातदोबाटोले म्याच मनी वापत ५० हजार समेत प्राप्त गर्यो ।
पहिलो खेलमा फ्रेण्डसलाई बराबरीमा रोकेको सातदोबाटो शुक्रबारको नतिजासँगै ४ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । ३ अंकका साथ थ्रीस्टार भने तत्कालका लागि दोस्रो स्थानमा छ ।
Post Comments