News आर्मीको फराकिलो जितमा शर्मिलाको पाँच गोल
गोलनेपाल

धनकुटा । फराकिलो जितका साथ त्रिभुवन आर्मी क्लब पनि जारी शहिद रिदामाहाङ रामालिहाङ आठपहरिया महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा आर्मीले वराहक्षेत्र फुटबल क्लब, सुनसीलाई १०–० को फराकिलो अन्तरले हरायो । तल्लो टुंडिखेलमा सम्पन्न खेलमा आर्मीका लागि शर्मिला थापाले ह्याट्रिक सहित पाँच गोल गरीन् ।

शर्मिलाले खेलको सातौं र नवौं मिनटमै लगातार दुई गोल गर्दै आर्मीलाई शुरुवाती दश मिनटभित्र दुई गोलको अग्रता दिलाएकी थिईन् । त्यस्तै १६औं मिनटमा सपना लामाले आर्मीका लागि तेस्रो गोल गरिन् । त्यस लगतै बिमला चौधरीले २३ र २४औं मिनटमा लगातार दुई गोल गर्दै आर्मीको अग्रता ५–० मा पुराईन् ।

पहिलो हाफ मै गोल बर्षा गरेको आर्मीका लागि शर्मिला थापाले २५औं मिनटमा टोलीका लागि छैठौं तथा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरीन् । त्यस्तै दोस्रो हाफको ४६औं मिनटमा रश्मी घिसिङले सातौं गोल गरिन् भने शर्मिलाले नै ६६ र ६७औं मिनटमा लगातार दुई गोल गर्दै आर्मीको अग्रता ९–० को अवस्था पुर्याईन् ।

त्यस्तै खेलको ७१औं मिनटमा पुजा राना मगरले विभागीय टोलीका लागि दशौं गोल गर्दै फराकिलो जित पक्का गरीन् । खेलमा पाँच गोल गरेकी आर्मीकी शर्मिला थापा प्लेयर अफ द म्याच घोषित भईन् । उनले पुरस्कार वापत नगद ३ हजार हात पारिन् ।

साथै यो जितसँगै आर्मी सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ । प्रतियोगिता अन्तरगत पौष १४ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल बसाहा राइजिङ युथ क्लब, उदयपुर र अर्को विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

किरात आठपहरिया समाज नेपाल, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि पौष १ड गते हुनेछ ।

 

Post Comments