News विपी कपः कैलाश र बागमतीको जित
गोलनेपाल

हेटौडा । दोस्रो संस्करणको वीपी कप फुटबल प्रतियोगिता अन्तर्गत् शनिबार पाँच खेलहरु सम्पन्न भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला शाखाको आयोजनामा भएको प्रतियोगितामा कैलाश, बागमती, हेटौंडा–३, ४ र ५ विजयी भएका हुन् ।

हेटौंडा–४ हुप्रचौरमा भएको खेलमा कैलाशले मनहरीलाई ३–१, हेटौंडा–३ ले राक्सिराङलाई १–०, हेटौंडा–५ ले १० लाई १–०, हेटौंडा–४ ले १३ लाई ४–०, बागमतीले हेटौंडा–१२ लाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

राक्सिराङले हेटौंडा–३ वीचको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरमा गएको थियो । निर्धाति समयमा राक्सिराङको तर्फबाट रञ्जन थापा र सुमन लामा तथा हेटौंडा–३ बाट करण तामाङ र अमृत गोले गोल गरेका थिए ।

त्यस्तै अर्को खेलमा हेटौंडा–५ को तर्फबाट एकमात्र निर्णायक गोल निरज ठकुरीले गरेका थिए । उता कैलाशले मनहरीलाई पराजित गर्ने क्रममा उमेश थिङ, समर्थन बर्तौला र सञ्जीव बोम्जनले गोल गरेका थिए । मनहरीको तर्फबाट एकमात्र गोल मिलन स्याङ्तानले गरे ।

अर्को खेलमा हेटौंडा–४ को तर्फबाट अनिश महर्जनले दुई, बुद्धकुमार श्रेष्ठ र आकाश कटुवालले एक–एक गोल गरे । यसैगरी निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि बागमती टाइब्रेकरमा विजयी भएको हो । बागमतीले टाइब्रेकरमा हेटौंडा–१२ लाई ३–२ गोलअन्तरले पराजित गरेको थियो ।

Post Comments