News कोरियामा धनकुटा एफसीलाई उपाधि
गोलनेपाल

काठमाडौं । दक्षिण कोरियाको ह्वासङ सि मा आप्रवासी नेपालीहरुबीच भएको ह्वासङ कप फुटबल प्रतियोगिताको उपाधि धनकुटा फुटबल क्लबले जितेको छ ।

ह्वासङ सि स्थित ग्याङगिछोमा सम्पन्न प्रतियोगिताको फाइनलमा धनकुटाले सुवन एफसीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

स्मरण रहोस, ह्वासङ एफसीको आयोजनामा भएको प्रतियोगितामा कुल ६ टोलीहरुले सहभागिता जनाएका थिए । सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए बाट धनकुटा एफसी र समूह बी बाट सुवन एफसी समूह विजेता बन्दै फाइनलमा प्रवेश गरेका थिए ।

विजेता बनेको धनकुटाले उपाधिसहित ६ लाख कोरियन वन हात पार्यो भने उपविजेता सुवन एफसीले ३ लाख कोरियन वनमा चित्त बुझाउन बाध्य भयो ।

 

Post Comments