News मंसिर तेस्रो सातादेखि प्रथम सतिसाले वैटर कप
जनम बराल

केराबारी । फुटबलमा प्रायःजसो व्यस्त रहने मोरङको केराबारीमा प्रथम सतिसाले वैटर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यहि मंसिर २१ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक सतिसाले स्पोर्टिङ क्लब सहित इटहरी फुटबल क्लब, पन्चायन फुटबल क्लब, फेयर फुटबल क्लब, जेएसवासी गछिया, नक्सलबारी फुटबल क्लब, पथरी फुटबल क्लब र उर्लाबारी फुटबल क्लब गरि कुल आठ टोलीहरुको सहभागिता रहने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने मंसिर २७ गतेका दिन हुनेछ ।

Post Comments