News प्रथम युनिक नकआउट फुटसल शुरु
सुरज राना मगर

तिलोत्तमा । रुपन्देहीमा राम्रा फुटसल खेलाडी उत्पादन गर्ने र जिल्लालाई ‘फुटसल हव’का रुपमा विकास गर्ने उद्देश्यका साथ प्रथम युनिक नकआउट खुला फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।

तिलोत्तमा नगरपालिका वार्ड नम्बर ५ मणिग्राम स्थित आयोजकको आफ्नै युनिक फुटसल एरिनामा शुरु प्रतियोगिताको पहिलो दिन क्वाटरफाइनलसम्मका खेलहरु सम्पन्न भए ।

पहिलो दिनको खेल समाप्तीसम्म आयोजक युनिक फुटसलसँगै सिद्धार्थ एफसी, तिलोत्तमा क्लब र डिएमसी सेमिफाइनलमा प्रवेश गर्न सफल भए । सेमिफाइनलतर्फ आयोजक युनिक फुटसलले डिएमसीको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा तिलोत्तमा र सिद्धार्थ भिड्ने छन् ।

त्यसअघि प्रतियोगिताको उद्घाटन रुपन्देही जिल्ला फुटबल संघ तथा लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुनले गरेका थिए । सो अवसरमा युनिक फुटसलका सञ्चालक रमेश डुम्रे, प्रमुख कार्यकारी रितेश डुम्रे लगायतको उपस्थिति रहेको थियो ।

कुल १३ टोलीहरु सहभागि प्रतियोगिताको समापन मंसिर १८ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक रहिश डुम्रेले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको तथा खेलाडीहरुको हेल्थ इन्स्योरेन्स पनि रहेको संयोजक डुम्रेले बताए ।

 

Post Comments