News गोर्खा ब्वाइजको जितमा घलान निर्णायक
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार भएका दुई खेलहरु मध्ये पहिलो खेलमा गोर्खा ब्वाइज स्पोर्टस क्लबले जित हात पारेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न पहिलो खेलमा गोर्खा ब्वाइजले भूपू सैनिक स्र्पोटस क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । गोर्खा ब्वाइजको जितमा दुवै गोल सुरज घलानले गरे । घलान नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै दोस्रो खेलमा सौभाग्य युवा क्लब र डिएमसीले १–१ गोलको प्रतिस्पर्धात्मक बराबरी खेल्दै अंक बाँडे । खेलमा सौभाग्यका प्रिन्स गुरुङ म्यान अफ द म्याच घोषित भए ।

एन्फाको वार्षिक कार्यक्रम अनुरुप रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिग आगामी पुष १० गतेसम्म चल्नेछ । लिगमा सहभागि कुल १० टोलीहरु राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्दैछन् ।

लिगको शिर्ष स्थानमा रहने टोली लिग च्याम्पियन बन्नेछ । लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने लिग संयोजक मुकेश कुँवरले बताए । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोली र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको कुँवरले बताए ।

Post Comments