बिर्तामोड । प्रतिष्ठित झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको पाँचौं संस्करण आउँदो फागुन अन्तिम सातादेखि हुने भएको छ ।
गोल्डकप कार्यसमितिको सोमबार बसेको बैठकले प्रतियोगिताको पाँचौं संस्करण गर्ने निर्णय गरेको हो । स्मरण रहोस, कोभिड–१९ महामारीका कारण पछिल्लो दुई बर्ष प्रतियोगिता आयोजना हुन सकेको थिएन ।
मोफसलमा सर्वाधिक व्यस्त रहने झापाको फुटबल गतिविधीलाई सक्रिय राख्ने र जिल्लालाई फुटबल हबकै रुपमा चिनाउने उद्देश्यका साथ झापा गोल्डकप वार्षिक रुपमा आयोजना हुँदै आइरहेको छ ।
आयोजकले फागुन २१ देखि ३० गतेसम्म झापा गोल्डकपको पाँचौं संस्करण आयोजना गर्ने गरि तयारी शुरु गरेको जनाएको छ । साथै त्यसका लागि आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको आवश्यक सल्लाहले अन्तिम निर्णय लिने बताएको छ ।
त्यस्तै प्रतियोगिताको पुरस्कार राशीमा भने अघिल्लो संस्करण कै पुरस्कार राशीलाई निरन्तरता दिइने आयोजकले जनाएको छ । विजेताले उपाधिसहित १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख पाउने आयोजकले जानकारी दियो ।
बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा नेपाल र विदेशी क्लब गरि कुल १० टोलीहरुले सहभागिता रहने बताइएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा