News आर्मीलाई भरत कै भरोसा
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले आइतबार सिजनको पहिलो जित हात पारेको छ ।

पछिल्ला दुई चरणमा लगातार दुई बराबरी खेलेको आर्मीले आइतबार भएको एक मात्र खेलमा ब्रीगेड ब्वाईज क्लब (बीबीसी) विरुद्ध १–० को महत्वपूर्ण र पहिलो जित हात पार्यो ।

आर्मीका लागि कप्तान भरत खवासले खेलको अन्तिमतिर ८१औं मिनटमा एकल प्रयासमा बक्स नजिकबाट गरेको जुझारु गोल नै निर्णायक गोल बन्यो । भरत नै खेलको म्यान अफ द म्याच समेत चुनिए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

विजयी बनेको आर्मीले म्याच मनी वापत ५० हजार समेत प्राप्त गर्यो । यो जितसँगै ३ खेलबाट ५ अंक जोडेको आर्मी तेस्रो स्थानमा उक्लिएको छ । पराजित बीबीसी भने ४ अंकका साथ आठौं स्थानमा छ ।

Post Comments