
मकवानपुर । हेटौंडाको हुप्राचौरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरिय पुरुष फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार बकैया गाउँपालिकालाई ३–१ गेल अन्तरले पराजित गर्दै हेटौंडा सेमिफाईनल प्रवेश गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको ब्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको एकमात्र क्वाटरफाइनल खेलमा हेटौंडाले सुरुवाती अग्रता लिएको थियो ।
खेलको पहिलो हाफको १२ औं मिनेटमा बकैयाका खेलाडीले डि–बक्सभित्र ह्यान्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै हेटौंडाका कप्तान बिबेक गुरुङले खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफ निकै नै रोमाञ्चक बनेको खेलको ३२ औं मिनेटमा बकैयाका अभिषेक ब्लोनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको प्रतियोगिताको दोस्रो हाफको ४७ औं मिनेटमा हेटौंडाका अनिश महर्जनले गोल गर्दै हेटौंडालाई २–१ गोलको अग्रता दिलाए भने खेलको अतिरिक्त समयमा ललित चौलागाईंले गोल गर्दै ३–१ गोलअन्तरले हेटौंडाको जीत सुनिश्चित गरेका थिए ।
खेलको म्यान अफ दि म्याच हेटौंडाका अनिल थापा घोषित भएका थिए । जारी प्रतियोगितामा हेटौंडाले अब सेमिफाईनलमा बिहीबार बागमती गाउँपालिकाको सामना गर्ने छ भने, बुधबार पहिलो सेमिफाईनलमा थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकाको सामना गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा