News स्कलर्स होम क्वाटरफाइनलमा
गोलनेपाल

बुटवल । स्कलर्स होम एकेडेमी, बुटवल रुपन्देहीमा जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितामाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलमा स्कलर्स होमले आयोजक फर्साटिकर युवा क्लब (रातो) लाई २–० ले हरायो । स्कलर्सको जितमा खेलको १३औं मिनटमा जुलेस थापाले पहिलो गोल गरे भने ३५ओं मिनटमा विनायक थापाले दोस्रो गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच भने पराजित फर्साटिरका सुरज थापा घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष १४ गते सोमबारको खेल न्यू सिर्जना युवा क्लब, करौजिया र सुनौलो संगम युवा क्लब, देवीनगर बीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको छ ।

शुद्धोदन गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।

त्यस्ते सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि जनही १६–१६ हजार हात पार्ने अध्यक्ष कुँवरले बताए । साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको उनले बताए ।

रुपन्देही, नवलपरासी, पाल्पा र चितवनका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पौष २६ गते हुनेछ ।

Post Comments