News साफ च्याम्पियनसिपका लागि ढाका पुग्यो यु–१९ महिला फुटबल टोली
गोलनेपाल

काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिपको दोस्रो संस्करणमा सहभागिता जनाउनका लागि नेपाली यु–१९ महिला फुटबल टोली बुधबार ढाका ओलिएको छ ।

स्थानीय समयअनुसार बुधबार ३ः२५ मा हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा ओर्लिएको नेपाली टोलीलाई बंगलादेश फुटबल फेडरेशनका कार्यसमिति सदस्य नुरुल इस्लाम लगायत अन्य अतिथीहरुले स्वागत गरेका थिए ।

नेपालले साफ यु–१९ च्याम्पियनसिप २०२१ अन्तरगत आफ्नो पहिलो खेल डिसेम्बर ११ तारीख (शनिबार) आयोजक तथा साविक विजेता बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

स्मरण रहोस, गत संस्करणको फाइनलमा नेपालले बंगलादेशसँगै हार्दै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । त्यस्तै नेपालले १५ डिसेम्बरका दिन श्रीलंका, १७ डिसेम्बरका दिन भुटान तथा १९ डिसेम्बरका दिन भारतसँग खेल्ने कार्यक्रम छ ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनला भिड्ने छन् । फाइनल खेल डिसेम्बर २२ तारीखका दिन हुनेछ । प्रतियोगिताका सबै खेलहरु ढाका स्थित विर सेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा हुने छन् ।

(तस्विरः बंगलादेश एफए)

 

Post Comments