News सुनौलो संगम र भूपू सैनिकलाई सफलता
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितामा सुनौलो संगम युवा क्लब र भूपू सैनिक स्पोर्टस क्लबले जित हात पारेका छन् । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पहिलो खेलमा सुनौलो संगमले फर्साटिकर युवा क्लबलाई २–० ले हरायो ।

सुनौलो संगमको जितमा सुशन गैरे र कप्तान उमेश थापाले गोल गरे । कप्तान थापा खेलको म्यान अफ द म्याच समेत चुनिए । यो जितपछि ४ खेलबाट १० अंक जोडेको सुनौलो शिर्ष स्थानमा छ । पराजित फर्साटिकर भने ७ अंकका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै दोस्रो खेलमा भूपू सैनिकले चाँदनी युवा क्लबलाई समान २–० को अन्तरले हरायो । भूपू सैनिकको जितमा टोप प्रसाद गुरुङ र सचिन थापाले गोल गरे । खेलमा सचिन थापा म्यान अफ द म्याच समेत चुनिए ।

यो जितपछि ४ खेलबाट भूपू सैनिकको ४ अंक भएको छ र लिगतालिकाको छैठौं स्थानमा पुगेको छ । उता पराजित चाँदनी भने जितविहीन छ र अंकविहीन रुपमा लिगतालिको पुछारमा छ ।

 

Post Comments