News जकार्ताको लिगलिडरसँग बराबरी (भिडियोसहित)
गोलनेपाल

काठमाडौं । इण्डोनेसियन सुपर लिगमा रोहित चन्दको टोली पर्सिजा जकार्ताले लिगलिडर भयङ्गकारा एफसीसँग गोलरहित बराबरी खेल्दै अंक खोसेको छ ।

खेलको ७७औं मिनटमा भयङ्गकाराका महत्वपूर्ण स्टाइकर इजिचेल इन्डुसेलले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिंदा लिगलिडर दश खेलाडीमा खुम्चिएको थियो । तर जकार्ताले त्यसको फाईदा उठाउन सकेन ।

यो बराबरी नतिजासँगै लिगलिडरसँग महत्वपूर्ण अंक खोसेको जकार्ता १७ खेलबाट २५ अंकका साथ लिगतालिकाको सातौं स्थानमा पुगेको छ । उता भयङ्गकारा भने ३७ अंकका साथ शिर्ष स्थानमा यथावत छ ।

 

Post Comments