News रामपुर युनाइटेडलाई पाल्पा जिल्ला लिगको उपाधि
सुरज राना मगर

तानसेन । रामपुर युनाइटेड फुटबल क्लब पहिलोपटक पाल्पा जिल्ला लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । तानसेन स्थित टुंडिखेल मैदानमा भएको फाइनल भिडन्तमा पाल्पा स्पोर्टसलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै रामपुर जिल्ला लिग च्याम्पियन बनेको हो ।

विजेता बनेको रामपुरले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता पाल्पा स्पोर्टसले ३० हजारमा चिक्त बुझायो । जिल्ला लिग च्याम्पियन बनेको रामपुरले अब पाल्पा जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश लिगमा सहभागिता जनाउने पनि पक्का भएको छ ।

विजयी खेलाडीहरुलाई तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष मनोहर थापा लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा पाल्पा जिल्लाका कुल १५ टोलीहरुले सहभागिता जनाएका थिए । 

 

Post Comments