News घरेलु मैदानमा मनाङको उत्कृष्ट जित
उमेश पुन

पोखरा । ए डिभिजन लिगको इतिहास मै पहिलोपटक काठमाडौं बाहिर सम्पन्न खेलमा घरेलु टोली मनाङ मस्र्याङ्दी क्लबले उत्कृष्ट जित निकालेको छ ।

पोखरा रंगशालालाई आफ्नो घरेलु मैदानका रुपमा प्रयोग गरि मनाङले खेलेको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो र आफ्नो शिर्षतालाई बलियो बनायो ।

मनाङका लागि १०औं मिनटमा कप्तान अन्जन बिष्टले पहिलो गोल गरे । तर ३६औं मिनटमा सुमन लामाले पुलिसका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर दोस्रो हाफको अन्तिमतिर पुलिसले दुई गोल खान पुग्यो ।

७३औं मिनटमा अन्जन बिष्टले नै मनाङलाई फेरि खेलमा अग्रता दिलाए । त्यस्तै दश मिनट लगतै निशान लिम्बुले मनाङका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा मनाङका अन्जन बिष्ट म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । यो जितसँगै ५ खेलबाट १३ अंक जोडेको मनाङ शिर्ष स्थानमा उक्लेको छ । उता पराजित पुलिस भने ५ अंकका साथ नवौं स्थानमा छ ।

 

Post Comments