News माघमा आहा! रारा गोल्डकप, मुल आयोजक कमिटि पनि गठन
सुदर्शन रञ्जित

पोखरा । अर्को महिना हुन गईरहेको मोफसल कै पुरानो र प्रतिष्ठित मध्ये एक २०औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ का लागि मूल आयोजक कमिटी गठन गरिएको छ ।

प्रतियोगिताको २०औं संस्करण भब्य र सभ्य रूपमा संचालन गर्नका लागि क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा ५ सय १ सदस्यीय मुल आयोजक कमिटी गठन भएको हो ।

आउदो माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगिताको संयोजकमा क्लबका बरिष्ठ उपाध्यक्ष केशबराज बराल चयन भएका छन् । त्यस्तै मुलायोजक कमिटिको सदस्य सचिबमा क्लबका महासचिव रामजी प्रसाद अधिकारी चयन भएका छन् ।

सम्पुर्ण खेलकुदसँग सम्बन्धित सघसस्था एवं व्यक्तिहरु रहने गरि १०१ सदस्य सल्लाहकार समिती समेत गठन गरियो क्लवले जनाएको छ ।

स्मरण रहोस, देश कै नमूना क्लबका रुपमा परिचित सहारा क्लबले विगतका बर्ष देखि संचालन गर्दै आएको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु रहेका छन् ।

 

Post Comments