News साफ उपविजेता फुटबल टोली नगदसहित सम्मानित
गोलनेपाल

काठमाडौं । यसै बर्ष माल्दिभ्समा सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपमा ऐतिहासिक फाइनल खेलेको नेपाली पुरुष फुटबल टोली नगदसहित सम्मानित भएका छन् ।

फुटबल टोलीलाई सरकारले गत कार्तिकमा घोषणा गरेअनुसार मंगलबार नगदसहित सम्मानित गरेको हो । बालुवाटार स्थित प्रधानमन्त्रीको कार्यालमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाल खेलाडीहरुर्ला ५–५ लाख तथा प्रशिक्षक र टिम अफिसियलहरुलाई ३–३ लाखका दरले सम्मानित गरेको हो ।

यद्यपि हाल नेपाल बाहिर व्यवसायीक फुटबल खेलिरहेका कप्तान किरन चेम्जोङ र रोहित चन्द भने सो सम्मान कार्यक्रममा उपस्थित थिएनन् । सो अवसरमा मुख्य प्रशिक्षक अब्दुला अल्मुतारी पनि पनि देशबाहिर रहेकाले उपस्थिति जनाउन सकेनन् ।

स्मरण रहोस, गत अक्टुबरमा सम्पन्न साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनल खेलेको नेपालले फाइनलमा भारतसँग ३–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।

 

Post Comments